निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा कालो सारी लगाएर दवावमुलक तीज

निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा कालो सारी लगाएर दवावमुलक तीज

गोकुल जोशी
महेन्द्रनगर, २७ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बुधवार महेश्वरको पूजाआराधना गरी मनाइँदैछ । 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । रातो पहिरनमा सजिएर नाचगाउन गर्दै मनाईरहेका छन । 

तर, कञ्चनपुरमा भने महिलाहरुले तीज फरक तरिकारले मनाईदैछ । उनीहरु न त तीजमा महेश्वरको पूजाआराधना गर्दैछन न त सुख, शान्तिको कामना । 

१३ वार्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग र बलात्कारीलाई फासीको व्यवस्था माग गर्दै कञ्चनपुरका महिलाहरु कालो सारी लगाएर तीज मनाउदैछन । 

हेलेन श्रेष्ठको नेतृत्वमा निर्मला पन्तका बलात्कारिलाई सार्वजनिक गर, बलात्कारिलाई फासीको सजायका लागि सविधान सशाधेन गर भन्ने व्यानर सहित महिलाहरु कालो सारी लगाएर महेन्द्रनगर बजारको चौकमा जम्मा भएर तीज मनाईरहेका छन ।

महेन्द्रनगर बजारको मुख्य मदनचोकमा भेला भएका महिलाहरु निर्मला पन्तका हत्यारालाई कारवाही गर्न कालो सारी लगाएर तीज मनाउदै सरकारलाई खबरदारी गरिरहेका छन । 

महिला अधिकारका क्षेत्रमा क्रियाशील महिला र सर्वसाधारणहरू चोकमा भेला भएका छन् । भेला हुने क्रम बढ्दै गइरहेको छ । यसअघि महेन्द्रनगरमा स्थानीय पर्व गौरालाई पनि विरोधकै रुपमा मनाइएको थियो ।