डोटीमा बस दुर्घटना हुदा चालक सहित २४ यात्रु घाईते, ६ जनाको अवस्था गम्भीर

डोटीमा बस दुर्घटना हुदा चालक सहित २४ यात्रु घाईते, ६ जनाको अवस्था गम्भीर

धनगढी : डोटीमा बस दुर्घटना हुदा २४ जना घाईते भएका छन । तिमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दार्चुलाबाट महेन्द्रनगरका आउदै गरेको ना ५ ख ९११४ नम्बरको बस विहिवार विहान ३ बजेतिर डोटीको जोरायल गाउपालिका, २ को अठासी मोड भन्ने स्थानमा दुर्घटनामा परेको थियो । 

बस सल्लाको रुखमा अडकिएको अवस्थामा फेला परेको र यात्रुहरुलाई भिरबाट उद्धार गरि उपचारका लागि अत्तरीयाको पदमा अस्पताल पठाईएको डोटीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक लाल बहादुर धामीले जानकारी दिनुभयो । 

बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस सडकबाट करिव एक सय मिटर तल खसको थियो । बसका चालकसहित सवै घाईते भएका हुन । घटनाको थप विवरण आउन बाकी छ ।