सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला १ हजार ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।