एक बिधालय जहाँ छात्रा काम्छन अनि बक्छन पनि

एक बिधालय जहाँ  छात्रा काम्छन अनि बक्छन पनि

 कञ्चनपुर: कञ्चनपुरको पुनर्वास स्थित एक बिद्यालयमा यस वर्षको बैशाख यता छात्राहरु काम्ने,बक्ने र बेहोस हुने  समस्या देखिए पछि पठनपाठन नै नराम्ररी प्रभावित बन्न पुगेको छ । 
पश्चिम नेपालको कञ्चनपुर स्थित पुनर्वास नगरपालिका ९ बिचफाँटामा रहेको राष्ट्रिय माध्यमिक बिद्यालयमा छात्रा विद्यार्थी अचानक काम्न र बक्न थालेका छन् । 
बिद्यालयमा आउना साथ छात्राहरु अचानक चिच्याएर काम्ने र बक्न सुरु गर्ने गरेको पाइएको छ । काम्दै गरेका छात्रा बिद्यार्थीहरुले मलाई मुक्ति दिनु पर्यो भन्ने गरेको बिद्यालयका प्रधानाध्यापक लोकबहादुर क्षेत्रीले बताउनुभयो ।बिद्यालय सुरु हुना साथ दैनिक ८ देखि १० जना छात्रा  बिद्यार्थी काम्न सुरु गर्ने गरेको शिक्षक भविश्वर अर्यालले जानकारी दिनुभयो । 

गत वर्ष फाट्टफुट्ट एघार जनालाई यस्तो समास्या देखिए पनि यस वर्षको शैक्षिक सत्र यता काम्ने र बक्ने बिमारीबाट छात्राहरु बढेको शिक्षिका सीता साउदले बताइन् । अरु महिनामा पनि छात्रा बिद्यार्थीहरुमा यस्तो समस्या देखिए पनि भदौ यता यस्ता बिरामीको संख्या बढेको शिक्षिका जमुना पाण्डेले बताउनुभयो । करिब १२ देखि १७ वर्ष उमेरका छात्राहरुमा यो समस्या देखिएको छ । लगातार बिधालयमा छात्रा बिद्यार्थीहरु काम्न थाले पछि बिद्यालयको पठनपाठन समेत नराम्ररी प्रभावित भएको प्रधानाध्यापक क्षेत्रीले बताउनुभयो ।

 काँपेर मुक्ति चाहियो जस्ता आग्रह छात्राहरुले  बढी गर्ने भए पछि आफुहरु के भएको हो अलमलमा परेको प्रधानाध्यापक क्षेत्रीले भन्नुभयो । बिद्यालयमा देखिएको नयाँ बिरामीको बारे विश्व स्वास्थ्य संगठन को  पश्चिम नेपालको धनगढी स्थित कार्यालयमा जानकारी गराए पछि डाक्टर निर्मल खतिवडाको टोलिले अनुगमन र परामर्श गर्दा समेत बिराम निको हुन नसकेको शिक्षक अशोक सुनारले बताएका छन । 

छात्राहरु मात्रै काम्ने बक्ने र बेहोस हुने समस्या बिद्यालयमा देखिएको जानकारी पाए पछि अनुगमनमा पुगेका डाक्टर निर्मल खतिवडा भन्छन यो मास हिस्टेरियाको समस्या हो । यसको बारे थप खोज अनुसन्धान गरि निदानको उपाय निकाल्न सकिने छ । 
डाक्टर खतिवडा सहितको डाक्टरको टोलिले बिद्यालयमा अनुगमन गरेकै दिन सबै भन्दा बढी १० जना छात्रा कामेर बक्न थालेका थिए । डाक्टर खतिवडाले कक्षा सञ्चालन गरि रहेकै बेला छात्राहरु चिच्याएर एक्कासि काम्न थालेपछी उनको टोलि बिद्यालयबाट फिर्ता भएको थियो । 

घरमा केही नहुने तर बिद्यालय पुग्ना साथ छात्राहरु एक्कासी चिच्याउने काम्ने र बेहोस हुने समस्या बढे संगै  मृत आत्मा बिधालयमा पसेको हल्ला गाउभरी फैलिएको छ । तर किन धेरै संख्यामा छात्राहरु काम्ने र बक्ने गरिरहेका छन्  यो बिषयको सम्बन्धमा खोज अनुसन्धान भने हुन सकेको छैन । 
बिद्यालयमा एक्कासी देखिने बिरामीका कारण गाउँ भरिनै सन्त्रास फैलिएको छ । छात्राहरु बिधालय जान डराउन थालेका छन् । 

जिल्लाको पुर्वी दक्षिणी सिमान्त क्षेत्रमा रहेको यस बिधालयमा देखिएको यस्तो बिरामीको कारण र निदानको उपायका बारे सम्बन्धित सरोकारवाला बेखबर देखिएको छ । गाउँमा कतिपयले भुतप्रेतका कारण बिद्यालयमा छात्रा काम्ने गरेको भन्दै आए पनि यसको वास्तविक कारण खोजिका लागि सम्बन्धित निकाय बेखबर देखिएको छ  । 

छात्राहरुमा मात्रै देखिने यो समस्या मास हिस्टेरिया नै हो वा अन्य केही हो यसबारे आधिकारिक पुष्टि अहिलेसम्म हुन नसकेको बिधालयका शिक्षक भविश्वर अर्यालले जानकारी दिनुभयो ।
जिल्लाको सिमान्त गाउँ बिचफाँटामा रहेको राष्ट्रिय मावि मा देखिएको यो समस्याले बिद्यालयको पठनपाठन नै नराम्ररी प्रभावित बनाइ दिएको छ । यसको कारण खोजी गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित सरोकारवालाले अहिलेसम्म कुनै पहल गर्न नसकेको अभिभावकहरुले बताएका छन् ।