किसानलाई अनुदानमा च्यापकटर वितरण

किसानलाई अनुदानमा च्यापकटर वितरण

धनगढी उप–महानगरपालिकाले ब्यावसायीक पशुपालक किसानहरुलाई पूर्ण अनुदानमा च्यापकटर वितरण गरेको छ ।

उप–महानगरको पशुस्वास्थ्य महाशाखाले नगरका ५ जना किसानलाई च्यापकटर मेसिन उपलब्ध गराएको हो । नगरप्रमुख नृपबहादुर वड र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले किसानहरुलाई च्यापकटर मेसिन हस्तान्तरण गरेका हुन ।  

बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख वडले ब्यावसायीक रुपमा पशुपालन गर्ने किसानहरुलाई प्रविधी संगै बजारीकरण, घाँस बिउ समेतमा सहयोग गर्ने काम उप–महानगरपालिकाले गर्दै आएको  बताउनु भयो  उहाँले  यस्ता सहयोगलाई यस पटक थप गर्ने योजना रहेको समेत बताउनु भयो  ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सोपकोटाले च्यापकटर मेसिनले किसानको समय बचत हुने बताए । बिजुलीबाट मेसिन चलाउन सकिने भएकाले घाँसलाई टुक्रा बनाउदा एउटै ब्यक्तिले काम गर्न सक्ने बताउनु भयो । 


नगरपशुस्वास्थ्य महाशाखाका प्रमुख भवानी भट्टले किनाको मागमा आधारीत भएर च्यापकटर मेसिन उपलब्ध गराएको बताए । हामीले सूचना प्रकाशित गरेका थियौ भट्टले भने, निर्धारीत समय भित्र परेका निवेदनहरुबाट स्थलगत अनुगमन गरेर किसान छनौट गरेका हौं ।