प्रिमियर लिगमा यस सिजन आबद्ध हुँदा चर्चा कमाएका २० फुटबलर

प्रिमियर लिगमा यस सिजन आबद्ध हुँदा चर्चा कमाएका २० फुटबलर

युरोपियन फुटबल सिजन सुरु हुनुअघि खेलाडी किनबेचको बजार निकै तात्यो।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी नेइमार जुनियर फेरि स्पेनिस क्लब बार्सिलोना फर्कने चर्चा चल्यो। तर नेइमारको सम्झौता हुन सकेको छैन।

बार्सिलोनाले आफ्ना मिडफिल्डर फिलिप काउटिन्होलाई टोटनह्याममा लोनमा पठाउन खोजे पनि सफल हुन सकेन।

अर्जेन्टाइन फरवार्ड पाब्लो डिबालालाई भित्र्याउने इंग्लिस क्लब टोटनह्यामको प्रस्ताव इटालियन क्लब युभेन्ट्सले अस्विकार गरिदियो।

चेल्सीबाट इडिन हजार्ड रियल म्याड्रिड जानु र एट्लेटिको म्याड्रिडबाट एन्टोनी ग्रिजम्यान बार्सिलोना जानु पनि सिजनको ठूलो सम्झौतामा पर्छ। यस्तै म्यानचेस्टर युनाइटेडबाट रोमेलु लुकाकु इन्टर मिलान गएर चर्चा बटुले।

युरोपमा सबैभन्दा चर्चित सम्झौता भने इंग्लिस प्रिमियर लिगमा नै हुने गर्छ। यस सिजन पनि प्रिमियर लिगमा दर्जनौं खेलाडी भित्रिए। ती मध्ये चर्चित २० खेलाडी यस्ता छन्:-

२०. निल माउपे : ब्रेन्टफोर्डबाट ब्रिङ्टन (२० मिलियन युरो)
१९. अल्बियन अजेटी : बासेलबाट वेस्ट हाम (८ मिलियन युरो) 
१८. टम हिटन : बर्नलीबाट एस्टन भिल्ला (८ मिलियन युरो)
१७. ड्यानियल जेम्स : स्वान्सीबाट म्यानचेस्टर युनाइटेड (१७ मिलियन युरो)
१६. एलेक्स इओबी : आर्सनलबाट इभर्टन (४३ मिलियन युरो)
१५. डेनिस प्रेट : साम्पडोरियाबाट लेस्टर सिटी (२१ मिलियन युरो)
१४. डेभिड लुइज : चेल्सीबाट आर्सनल (८ मिलियन युरो)
१३. पाब्लो फोर्नल्स : भिल्लारियलबाट वेस्ट हाम (२८ मिलियन युरो)
१२. वेस्ले : क्लब ब्रर्गबाट एस्टन भिल्ला (२५ मिलियन युरो)
११. केइरन टिइर्नी : सेल्टिकबाट आर्सनल (२७ मिलियन युरो)
१०. सेबास्टियन हलर : फ्रान्कफर्टबाट वेस्ट हाम (४० मिलियन युरो)
९. जिओभानी लो सेल्सो : रियल बेटिसबाट टोटनह्याम (लोन)
८. डानी सेबालोस : रियल म्याड्रिडबाट आर्सनल (लोन)
७. आरोन वान बिसाका : क्रिस्टल प्यालेसबाट म्यानचेस्टर युनाइटेड (५५ मिलियन युरो)
६. रोद्री : एट्लेटिको म्याड्रिडबाट म्यानचेस्टर सिटी (७० मिलियन युरो)
५. जोआओ कान्सेलो : युभेन्ट्सबाट म्यानचेस्टर सिटी (६५ मिलियन युरो)
४. ह्यारी माग्युर : लेस्टर सिटीबाट म्यानचेस्टर युनाइटेड (८६ मिलियन युरो)
३. मोइस केन : युभेन्ट्सबाट इभर्टन (२७.५ मिलियन युरो)
२. टेङ्गे एनडोम्बेले : लियोनबाट टोटनह्याम (६० मिलियन युरो)
१. निकोलास पेपे : लिलेबाट आर्सनल (८० मिलियन युरो)