सर्पको टोकाइबाट एक जना को मृत्यु

सर्पको टोकाइबाट एक जना को मृत्यु

 कैलाली : कैलालीको गौरीगंगा नगरपालिकामा  एक जनाको सर्पको टोकाईबाट मृत्यु भएको छ । बाख्रा व्यवसाय गर्दै आएका गौरीगंगा नगरपालिका ६ का ५५ बर्षिया झंकर साउदको मुत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाख्रा फर्ममा सुती रहेका झंकरलाई राती ११ बजे तिर सर्पले टोकेको थियो । धनगढीको  सेती अञ्चल अस्पताल पु¥याउने वित्तिकै मृत्यु भएको सेति अञ्चल अस्पतालको आकस्मिक वाड  ईन्चार्ज कृष्ण वोहराले जानकारी दिनुभयो ।

सर्पले टोकेपछि उपचारका लागि बढैपुर स्थित नेपाली सेनाको उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ उपचार सम्भब नभएपछि  बिहान सेती अञ्चल अस्पताल ल्याईएको थियो । उनको सर्पले हातको दाँया औंलामा टोकेको थियो ।