धनगढीमा चैत २९ गते हुने एमालेको सभालाई यी तीन पदाधिकारीले सम्बोधन गर्ने

धनगढीमा चैत २९ गते हुने एमालेको सभालाई यी तीन पदाधिकारीले सम्बोधन गर्ने

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गर्न लागेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारी लगायतले सम्बोधन गर्ने भएका छन् ।

आगामी चैत २९ गते धनगढीमा हुने बृहत् विशेष सभामा नेकपा एमालेको उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शङ्कर पोख्रेल र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रदेश उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन् ।

प्रदेश कमिटी सचिवालयको छैटौँ बैठकले बृहत् विशेष सभाको तयारी तीव्र बनाउने निर्णय गर्दै र सम्बोधन गर्ने नेताहरूको बारेमा जानकारी गराइएको थियो ।

‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र अराजकताविरुद्ध आयोजन गर्न लागिको कार्यक्रम भव्य बनाउने गरी तयारी गर्ने छलफल भएको छ’ उपसचिव विष्टले भनिन्, ‘केन्द्रीय तीन पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ’

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रूपमा कैलालीमा सभा आयोजना गर्न लागिएको उनले बताइन् ।