फेरि सुरु भयो महेन्द्रनगरमा आन्दोलन, हत्यारा पत्ता लगाउन माग गर्दै थालीमा चम्चाले ठटाउदै प्रदर्शन

फेरि सुरु भयो महेन्द्रनगरमा आन्दोलन, हत्यारा पत्ता लगाउन माग गर्दै थालीमा चम्चाले ठटाउदै प्रदर्शन

महेन्द्रनगर : निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा पुनः आन्दोलन सुरु भएको छ । 

आन्दोलनको क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागेर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन विहिवारदेखि पुनः सुरु भएको हो । 

महिलाअधिकारकर्मी, नेपाली काग्रेसको विद्यार्थी सगठन नेपाल विद्यार्थी संघ लगायत सर्वसाधारणको उपस्थितिमा दवावमुलक आन्दोलन सुरु गरिएको हो । 

निर्मलाको बलात्कार र हत्यामा सलग्नलाई कारवाही गर्न माग गर्दै बुधवार कालो सारी लगाएर तीज मनाएका महिलाअधिकारकर्मीले विहिवार हातहातमा थाली र चम्चा लिएर प्रशासन अगाढी धर्ना दिएका थिए । 

घटना भएको ५० दिन पुगिसक्दा पनि सरकारले बास्तविक अपराधि पक्राउ गर्न नसकेका कारण पुनः आन्दोलन सुरु गरिएको दबाब मुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताईन । 

‘सुरुमा प्रहरीले छिट्टै अपराधि पत्ता लगाउछौ भनेपछि आन्दोलन गरेनौ । त्यसपछि बालकको मृत्युहुदा कफ्र्यूका कारण आन्दोलन स्थगित गर्नुप¥यो ।’ दबाब मुलक संघर्ष समितिका संयोजक श्रेष्ठले भनिन्, ‘अव भने हत्यारा सार्वजनिक नहुदासम्म आन्दोलन रोक्दैनौ ।’

विहिवारदेखि आन्दोलन सुरु गरेको नेपाल विद्यार्थी संघ कञ्चनपुरले ३० गतेसम्मका आन्दोलनका कार्यक्रम बनाएको जनाएको छ । 

त्यसस्वरुप ३० गते कञ्चनपुर बन्दको आह्वान गरिएको नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले जानकारी दिए ।