दार्चुला ।दार्चुलासहित देशभरका बालबालिकालाई आगामी शनिवार र आइतवार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।६ महिना देखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ बर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताए ।
जिल्लाभरि १३ हजार ९ सय ४० जना बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खाने बालबालिका रहेको उनले बताए । यस मध्ये ८ हजार १ सय ९५ जना बालबालिकालाई जुकाको औषधि र ९ हजार ३ सय १४ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईने छ । स्थानीयतह अनुसार जिल्लाको महाकाली नगरपालिकामा १ हजार ५ सय ४७ जना बालबालिकाई जुकाको औषधि र १ हजार ७ सय ५८ जनालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
त्यस्तै शैल्यशिखर नगरपालिकामा १ हजार ३ सय ४६ हजालाई जुकाको औषधि र १ हजार ५ सय ३१ जना भिटामिन ‘ए’, मालिकार्जुन गाउँपालिकमा ९ सय ७० जनालाई जुकाको औषधि र १ हजार १ सय २ जना भिटामिन ‘ए’ खाने बालिबालिका रहेका छन् । नौगाड गाउँपालिका ९ सय ५६ जना जुकाको औषधि र १ हजार ८६ जना भिटामिन ‘ए’, मार्मा गाउँपालिकामा ९ सय ४१ जना जुकाको औषधि र १ हजार ७० जना भिटामिन ‘ए, लेकम गाउँपालिकामा ८ सय ३३ जना जुकाको औषधि र ९ सय ४६ जना भिटामिन ‘ए’ खाने बालिकाबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
दुहुँ गाउँपालिकामा ५ सय ९४ जना जुकाको औषधि र ६ सय ७४ जना भिटामिन ‘ए’, व्याँस गाउँपालिकामा ५ सय ८७ जना जुकाको औषधि र ६ सय ६८ जना भिटामिन ‘ए र अपिहिमाल गाउँपालिकामा ४ सय २१ जना जुकाको औषधि र ४ सय ७९ जना भिटामिन ‘ए’ खाने बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिए । अभियानका लागी जिल्लाभरिका ३ सय ८० जना महिला स्वास्थ्य स्वयसेविकालाई परिचालन गरिने उनले बताए ।
बाललबालीकाहरुलाई भिटामिन ‘ए’ खुवाएमा रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण र छालाको रोगबाट जोगाउन सकिन्छ । सरकारले प्रत्येक ६÷६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरिएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।