सघियताको विरोध नगर्न भन्र्दै १० करोड रुपैयाको लोभ देखाइएको जनमोर्चाका अध्यक्ष केसीको खुलासा

सघियताको विरोध नगर्न भन्र्दै १० करोड रुपैयाको लोभ देखाइएको जनमोर्चाका अध्यक्ष केसीको खुलासा

धनगढी : राट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सघियताको विरोध नगर्न भन्र्दै १० करोड रुपैयाको लोभ देखाईएको खुलासा गर्नुभएको छ । 

जनमोर्चाका केन्द्रिय सदस्य मनोज भट्टका बुबा नन्दलाल भट्टको ११ औ दिनको पूर्यतिथिमा विहिवार धनगढीमा आयोजित श्रद्धान्जिलि सभामा बोल्दै केसीको सो कुराको खुलासा गर्नुभएको हो । 

पार्टी सानो भएकाले पार्टी चलाउनका लागि सहयोग हुन्छ भन्दै १० करोड दिन्छु भनेर सघियताको विरोध नगर्न प्रलोभन देखाईएको बताएपनि उहाँले कसले प्रलोभन देखायो भन्ने कुरा भने बताउनुभएन ।

सघियताको कडा आलोचन गरेका पूर्व उपप्रधानमन्त्री समेत रहेका जनमोर्चाका अध्यक्ष केसीले सघियता नेपाल जस्तो देशले धान्नै नसक्ने जिकिर गर्दै यसलाई खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेश सरकारलाई खारेज गर्दै केन्द्रिकृत नभई प्रजातान्त्रिक विकेन्द्रिकरणको आधारमा देशलाई सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । साथै, प्रदेश सरकारको आवश्यकता नरहेको बताउदै केसीले स्थानीय तहलाई अधिकार दिदै बलियो बनाउनुपर्ने बताउनुभयो । 

केसीले प्रदेश सरकारको सट्टा स्थानीय तहलाई नै बलियो बनाउदै केन्द्र र स्थानीय तहविच समन्वयको लागि प्रदेश ईकाई गठन गरेर अघि बढनुपर्ने प्रस्ताव गर्नुभयो । 

चुनावमा बर्तमान सरकारको नेतृत्व गरिरहेका दलसग तालमेल गर्दै सरकारलाई समेत समर्थन गरेका केसीले सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । 

उहाँले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार बलात्कार, हत्या हिसा, महङगी, भ्रष्टाचार रोक्न असफल भएको आरोप समेत लगाउनुभयो । 

अझै पनि राजनीतिक क्रान्ति नसकिएको भन्दै केसीले आर्थिक क्रान्ति सिमित व्यक्तिका लागि मात्रै लागु भएको बताउनुभयो । 

समाजमा अझै कुरीति, कुसस्कार जस्ता प्रथाको अन्त्य गर्नुपर्नेमा केसीको जोड थियो ।