मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।