बालिकालाई यौन दुव्र्यहार गरेको भन्दै दुई जना पक्राउ

बालिकालाई यौन दुव्र्यहार गरेको भन्दै दुई जना पक्राउ

दार्चुला : दार्चुलामा दुई जना बालिकामाथि यौन दुव्र्यहार गरेको आरोपमा दार्चुला प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बैतडी जिल्ला डिलाशैनी गाउँपालिक ३ का २१ वर्षीय देवेन्द्र कोली र १८ वर्षीय भरत कोली रहेका छन् ।

आरोपित दुवै जनाले भदौ २३ गते गौरामा देउडा हेरेर फर्कने क्रममा शैल्यशिखर नगरपालिका वडा नं ३ खोेला नजिकै दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पक्राउ गरिएको हो ।
उनीहरुको दार्चुला जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले कसैले करणीका आसयले बालबालिकासँग कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग अथवा यौन दुव्र्यवहार गरिएको मानिने गरेको र सो कसुर अन्तर्गत उनीहरुलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयासम्म जरिवाना गरिने प्रहरीले जनाएको छ ।