प्रदेश सभामा सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपन्छी ब्यवसाय प्रवद्र्धन विधेयक टेबुल

प्रदेश सभामा सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपन्छी ब्यवसाय प्रवद्र्धन विधेयक टेबुल

धनगढी : सुदुरपश्चिम प्रदेश सभाको मंगलबारको बैठकमा सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपन्छी ब्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक टेबुल भएको छ ।

प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता देवी चौधरीले विधेयक टेबुल गर्नुभएको हो । विधेयकको परिच्छेद २ दफा ३ मा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रीको अध्यक्षतामा कृषि तथा पशुपन्छी बजार प्रवद्र्धन समिति गठन हुने ब्यवस्था गरिएको छ ।

सो समितिमा मुखयमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रशासन तर्फका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य रहने प्रावधान राखिएको छ । यस्तै नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश स्तरीय समितिका प्रतिनिधि सदस्य तथा भूमि ब्यस्था, कृष तथा सहकारी मन्त्रालयका सचिव सदस्य सचिव रहने ब्यवस्था गरिएको छ ।

विधेयकमा कृषि उत्पादन क्षेत्र तोक्ने, त्यसमा पूर्वाधार विकास गर्ने र उत्पादनमा जोड दिन अनुदान दिने सम्मका ब्यवस्था गरिएका छन् । विधेयक प्रस्तुत गर्दै मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपन्छी पालनलाई ब्यवसायिक रुपमा विकास गर्न ऐन आवश्यक रहेका कारण सरकारले विधेयक प्रदेश सभामा पेश गरेको बताउनुभयो ।

विधेयक प्रस्तुत हुन अघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले बिशेष समय माग्दै शून्य समयमा प्रदेश सांसदहरुले आन्तरिक मामिलाा तथा कानून मन्त्रालयका बिषयमा बिषयमा उठेका प्रश्नहरुको जवाफ दिनुभयो । उहाँँले जेठ २३ गतेको हावाहुरीबााट पीडितहरुलाई राहत उपलब्बध हुन नसेकेको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो ।

हरेक स्थानीय तहले उपलब्ध गराएको तथ्यांकका आधारमा सबै पीडितलाई राहत रकम उपलब्ध गराउन स्थानीय तहहरुमै रकम निकासा दिइएको मन्त्री शाहले बताउनुभयो । मन्त्री शाहले पत्रकार दिल बहादुर छत्याल माथि आफुले दुब्र्यवहार गरेको बिषयमा प्रदेश सभामा प्रश्न उठेको भन्दै सामान्य विषयलाई गम्भीर बनाउन खोजिएको आरोप लगाउनुभयो ।

उहाँले टेलफानेमा भएको कुराकानीका क्रमममा सामान्य विवाद भएको र सो विषयमा पत्रकार छत्याल र आफु बसेर असमझदारी हटाइसकेको सदनमा जानकारी दिनुभयो ।