चिकित्सकलाई जिम्मेवार बन्न मन्त्री सोडारीको निर्देशन

चिकित्सकलाई जिम्मेवार बन्न मन्त्री सोडारीको निर्देशन

धनगढी : प्रदेश सातका सामाजिक विकास मन्त्री दिर्घ सोडारीले सरकारी अस्पतालमा कार्यरत चिकित्सकले तोकीएको समय भित्र रहेर काम गर्न निर्देशन दिनुभएको छ । 

सरकारी तथा निजी अस्पताल सुधार तथा दिगो विकासका लागि सरोकारवालहरु संगको अन्र्तक्रिया कार्यक्रममा मन्त्री सोडारीले पछिल्लो समय सरकारी अस्पतालसंग जनविश्वास घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै चिकित्सकले अस्पतालले तोकेको समयमा काम गर्नु पर्ने धारणा राख्नुभयो । 

मन्त्री सोडारीले चिकित्सकले आफ्नो दायित्व र कर्तव्य नर्विसेर जनताको सेवामा सधै हाजिरहुनु पर्ने बताउनुभयो । उहाले जिल्ला अस्पताल र क्षेत्रीय अस्पताल सामाजिक विकास मन्त्रालय र प्रदेश सरकारको विशेष प्राथमीकतामा रहेको भन्दै स्तरबृद्धी, विभिन्न उपकरण लगाएतका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

उहाले प्रदेश ७ का अधिकांश स्वाथ्य चौकीमा कार्यरत स्वाथ्यकर्मीको संघिय सरकारले सरुवा गरेर अन्यन्त्र पठाएको प्रति आपत्ति जनाउँदै सरुवा नगर्न सरकारलाई ध्यानाकर्षण गराएको समेत जानकारी दिनुभयो । 

कार्यक्रममा सेतिअञ्चल अस्पतालका पुर्व मेसु गणेश सिंहले जनताको सेवा चिकित्सक जुनसुकै बेला हाजिर हुनु पर्ने बताउनुभयो । उहाले अस्पताल प्रतिको विश्वास घट्नु मुख्य कारण मध्येको चिकित्सक अस्पताल समयमा नबस्ने रहेको बताउनुभयो । 

उहाले अस्पतालमा कार्यारत चिकित्सक लाई जिम्मेवार र जवाफदेही बनाउन सके सरकारी अस्पताल प्रति जनताको विश्वास बढ्दै जाने धारणा राख्नुभयो । 

कार्यक्रममा सेतिअञ्चल अस्तालका मेडिकल सुपरिटेण्ड हेमराज पाण्डे, महाकाली अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रीय अस्पतालका प्रतिनिधीले अस्पतालको बारेमा जानकारी दिएका थिए । 

मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले सञ्चालन गरेको कार्यक्रममा स्वाथ्यका क्षेत्रीय निर्दृेशक गुणराज अवस्थीको अध्यक्षतामा भएको थियो । 

कार्यक्रम प्रदेश सातका क्षेत्रीय उपक्षेत्रीय अस्पतालका प्रतिनिधी, स्वाथ्य विज्ञको उपस्थितीमा सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको थियो ।