नेपाली काङ्ग्रेसका सचीव नाथ एमाले प्रवेश

नेपाली काङ्ग्रेसका सचीव नाथ एमाले प्रवेश

नेपाली कांग्रेसका डिलासनी गाउँपालिकाका सचिव मदननाथ नेकपा एमाले प्रवेश गरेका छन् ।

 

आज नेकपा एमाले सुदूरपश्चिम प्रदेशको सचिवालय बैठकमा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनलाई पार्टी प्रवेश गराएका हुन । 

 

प्रवेश कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना , भौतिक विकास मन्त्री सुरेन्द्र पाल तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो। 

 

कांग्रेसमा बलियो प्रभाव रहेका उनी एमाले प्रवेश गरेसँगै डिलासैनीको राजनीतिमा अर्थपूर्ण प्रभाव रहने नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य तथा डिलासैनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाशमणि भट्टले जानकारी दिए।