कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित

कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित

काठमाडौं।  प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालनका लागि सत्तासाझेदार नेपाली कांग्रेस र प्रतिपक्षी दलहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । यस बैठकमा कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सहभागी थिए ।

भिजिट भिसामा हुने गरेको अनियमिमताका विषयमा छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरूको मागमा कांग्रेस सहमत नभएपछि बैठकबाट बिनानिष्कर्ष टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले भने, ‘छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएन । छलफलमा केही निष्कर्ष निस्किएन ।’ आइतबार पनि बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।