बाल दिवस हिजो धुमधामका साथ मनाईयो

बाल दिवस हिजो धुमधामका साथ मनाईयो

धनगढी, “सुखी नेपाली, समृद्ध नेपाल र बालअधिकार सबैको सरोकार” भन्ने नारासाथका शुक्रवार धनगढीमा पनि  बाल दिवस मनाइएको छ । 

कार्यक्रममा सहभागिहरुले पछिल्लो बर्षहरुमा बालअधिकारमा बिषयमा कडा कानून बनेपनि त्यसको कार्यान्वय पक्ष फितलो हुदा अधिकार स्थापित हुन नसकेका बताएका छन ।

मुलुकमा बाल अधिकार मैत्री कानूनहरु बनेपनि ती कानूनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा बाल अधिकार स्थापितमा कठीनाइ भइरहेको सरोकारवालाहरुले बताएका छन् । 
बिद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुका लागि राज्यले अर्बाै रकम खर्च गरेपनि त्यो फलदायी बन्न सकिरहेको छैन । राष्ट्रिय वाल अधिकार दिवसका अवसरमा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडले निशुल्क पठान पाठन भनिएपनि अझै सम्म पूर्णरुपमा बालबालिका बिद्यालयको पहचमा आउन नसक्नुको कारण खोज्नु पर्ने बताउनुभयो । 

नेपालमा जनगणना २०६८ अनुसार पाँचदेखि १७ बर्ष उमेरका ७७ लाख बालबालिका मध्ये करिव ४० प्रतिशत बालबालिका श्रमिक रहेका छन भने सवा ६ लाख बालवालिका निकै जोखिमपूर्ण काम गर्न बाध्य छन् । 

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सबैको सहकार्यमा बाल अधिकार स्थापित गर्न सकिने बताउनुभयो । उहाले पहिले भन्दा अहिले बालबालिका माथी हुने हिंसा केहि केमी भएपनि पुर्ण हुन नसको जानकारी दिनुभयो । 

कैलाली जिल्लामा अझै ३ प्रतिशत बालबालिका विद्यालय भन्दा बाहिर रहेको तथ्यांक पाइन्छ । 

बिद्यालय भन्दा बाहिर रहेका मध्य अधिकांस बालबालिकाहरु कुलतमा फस्ने गरेको, जोखिमपूर्ण काम गर्न बाध्य भएको र बेचबिखनको शिकार बन्ने गरेका छन् ।