अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ

अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ

धनगढी । कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुल्सिपुर नगरपालिका - ७ शारदानगर घर भई धनगढीको ज्ञानु प्लाजामा बस्दै आएका ३२ वर्षीय कैलाश नेपाली, ४२ वर्षीय अर्जुन बादी र ४२ वर्षीय कृष्ण बिकलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बिभिन्न मितिमा चोरी गरिएका २ थान नौगेडि, सानो र ठुलो गरि २ थान तिलहरी र १ थान गलोबन्दी बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए । उनीहरुलाई बिहिबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट डीएसपी चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।