बैतडी। बैतडीको शिवनाथ गाउँपालिका-२ फट्केढुंगामा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्। शिवनाथको सुल्लेखानबाट शर्मालीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४१८० नम्बरको जिप शुक्रवार दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।
जिप दुर्घटना हुँदा जिपका चालक बैतडीको शिवनाथ गाउँपालिका–४ देगडा घर भएका अन्दाजी २८ बर्षीय योगेन्द्र भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए। उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको र जिपमा चालकमात्रै रहेका प्रहरी निरीक्षक बडूले बताए। जिप सडकखण्ड भन्दा ५० मिटर तल खसेको छ।