निर्मला पन्तको अनुसन्धान र छानबिन अन्तिम अवस्थामा : गृहमनत्री थापा

निर्मला पन्तको अनुसन्धान र छानबिन अन्तिम अवस्थामा : गृहमनत्री थापा

काठमाण्डौ : गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानका विषयमा संसदलाई जानकारी गराउनुभएको छ । 

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको अनुसन्धान र सरकारी छानबिन अन्तिम अवस्थामा पुगेको बताउनुभयो । 

उहाँले अपराधी जो सुकै भए पनि उम्कन नपाउने प्रतिबद्धतासमेत व्यक्त गर्दै घटनाको अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । 
उहाले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको जानकारी गराउनुभयो । ‘सरकार छानबिनको अन्तिम चरणमा आइपुगेको बताउदै उहाले दोषीहरुमाथि कठोरतापूर्वक कारबाही होस् भन्नेमा गृह मन्त्रालय गम्भीर रहेको बताउनुभयो । 

निर्मला पन्त प्रकरणको अनुसन्धानका विषयमा जानकारी गराउन माग राख्दै बिहिबार कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो । 
त्यसपछि सभामुखको आदेशमा सरकारका तर्फबाट गृहमन्त्रीले अनुसन्धानको प्रगतीका विषयमा जानकारी गराउनुभएको हो  ।