धनगढी । कैलालीको धनगढीमा रहेको नाष्ट कलेजमा निशुल्क दन्त परिक्षण शिविर आयोजना गरिएको छ । नाष्ट रेडक्रस सर्कलद्वारा आयोजित निशुल्क दन्त परिक्षण शिविरमा कन्चन डेन्टल क्लिनिक बाट बिशेष सेवा प्रदान गरिएको हो ।
सो क्लिनिकका दन्त चिकित्सक डा. विवेक कुमार झा र अन्य २ जना सहयोगीद्धारा नास्टकलेजमा अध्ययनरत १५० जना विद्यार्थी तथा कर्मचारीको दन्त परिक्षण गरिएको छ ।
उक्त कार्यक्रमको उदघाटन प्रवन्ध निर्देशक श्री शिवहरी शर्मा मुडभरीले गरेका थिए । नास्ट रेडक्रस सर्कलले प्रत्येक वर्ष विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गदै आइरहेको छ । साथै २०८२ असार १३ गते रक्तदान कार्यक्रम राखिएको कुरा रेडक्रस सर्कलका सभापति नविन पन्तले जानकारी दिए।