गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पदमुक्त

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पदमुक्त

काठमाडौं । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्‌वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो । उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति (आज)  बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो