कञ्चनपुरबाट दुइ  फरार प्रतिवादी पक्राउ

कञ्चनपुरबाट दुइ  फरार प्रतिवादी पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा कुटपिट र लागूऔषध मुद्दाका दुइ जना फरार दोषी पक्राउ  परेका छन्।

पक्राउ पर्नेमा कुटपिट मुद्दामा ६ महिना कैद सजाय र ६ हजार जरिवाना तोकिएका कञ्चनपुरको दोधारा चादनी नगरपालिका-१० बस्ने १८ बर्षिय एक किशोर र लागूऔषध मुद्दामा ४ बर्ष ६ महिना ८ दिन कैद सजाय तोकिएका कञ्चनपुरको बेदकोट नगरपालिका–१० लालपुर बस्ने ३० वर्षीय भुवन कुवर रहेका  जिल्ला प्रहरी कार्यालय कचनपुरले जनाएको छ।