कञ्चनपुरमा एक महिलाको शव फेला

कञ्चनपुरमा एक महिलाको शव फेला

कञ्चनपुर : कञ्चनपुरमा नहरमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
भीमदत्त नगरपालिका २ महुलियास्थित नहरको पानीमा तैरिरहेको अवस्थामा दैलेखको घुर्ती घर भई हाल महेन्द्रनगर बस्दै आएकी ५५ वर्षीया आइती सार्की रहेको प्रहरीले जनकारी  दिएकाे छ ।

आइती महेन्द्रनगर बजारबाट २ किलो टाढा भाँसी चोकमा तरकारी बेचेर गुजारा गर्दै आएकी थिइन्। उनी भाँसी चोक नजिकै कोठा भाडामा बस्दै आएकी थिइन्।

शरीरमा कुनै घाउ तथा चोटपटक नरहेको अवस्थामा उनको शव भेटिनुले घटनालाई रहस्यमय बनाइदिएको छ । आइतीको शव पोस्टमाटमका लागि महाकाली अञ्चल अस्पताल पठाइएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिनुभयो ।