इरानले गर्‍यो इजरायलमा मिसाइल आक्रमण

इरानले गर्‍यो इजरायलमा मिसाइल आक्रमण

काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले इरानबाट इजरायलतर्फ नयाँ चरणको मिसाइल आक्रमण सुरु भएको जनाएको छ। आईडीएफका अनुसार केही बेरअघि इरानबाट इजरायलतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रहरूको पहिचान भएपछि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको छ। 

इजरायली सञ्चार माध्यमका अनुसार सैन्य अधिकारीहरूले सुरक्षा प्रणालीहरू सक्रिय अवस्थामा रहेको र सर्वसाधारणलाई तुरुन्तै सुरक्षित स्थानमा जान निर्देशन दिएका छन्।

इजरायलको राष्ट्रिय आपतकालीन सेवा ‘मागेन डेविद अदोम’ का प्रवक्ताका अनुसार हालसम्म उनीहरूको हटलाइनमा कुनै पनि क्षेप्यास्त्र प्रहारका कारण घाइते भएको रिपोर्ट आएको छैन। 

उनले भने, ‘यहाँ आतंक सिर्जना भएको देखिएको छ र केही व्यक्तिहरू सुरक्षित स्थानतर्फ जाँदै गर्दा सामान्य चोटपटक लागेको जानकारी प्राप्त भएको छ।’

यसअघि, इरान सरकार निकट सञ्चारमाध्यम नूर न्यूज ले राजधानी तेहरानमा “सत्रुका हवाई आक्रमण” विरुद्ध इरानी हवाई सुरक्षा प्रणाली सक्रिय रहेको जानकारी दिएको थियो।