जागौ युवा संस्थाद्धारा बेलौरीमा सरसफाई

जागौ युवा संस्थाद्धारा बेलौरीमा सरसफाई

कञ्चनपुर : धनगढीमा सरसफाई अभियान सुरु गरेको जागौँ युवा संस्थाको अगुवाईमा जागौँ युवा संस्थाले सप्तहा ब्यापी विश्व सरसफाइ दिवस २०१८ अन्तर्गतको आज अन्तिम दिन बृहत् सरसफाइ दिवस  दिवसको अवसर पारेर बेलौरीमा सरसफाई गरिएको छ ।

प्रदेश नम्बर सातको कञ्चनपुर जिल्लाको बेलौरी नगरपालीकामा बेलौरी उद्योग वाणिज्य संघको समन्व्यमा बेलौरी पिपल चौतरा बाट सुरु भइ बेलौरी बजार वरिपरि सरसफाइ  गरेको छ ।

उक्त कार्यक्रममा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरीले क्लिन बेलौरी ग्रिन बेलौरी अभियानलाई सबैले सघाउन आग्रह गर्नुभएको थियो । यस्तै जागौँ युवा संस्थाका अध्यक्ष रोहित चन्दले उक्त अभियानमा कार्यक्रम झाडु लियेर सरसफाइ मात्रै न भयेर मन शुद्धीकरणको अभियान समेत रहेकोले यसमा सधै यहि उत्साहिका साथ लाग्न र सरसफाइ अभियान आफ्नो घरमा,टोलमा,बिद्यालयमा र आफ्ना ब्यासयिक संस्थाका वरिपरि समेत चलाइ दिन आग्रह गर्नुभएको थियो ।

यस संस्थाले विगत केही महिनादेखि हप्ताको हरेक शनिबार सरसफाई नगर क्षेत्रको सरसफाई गर्दै आएकोले आ आफ्नो ठाँउ बाट सबैले सहयोग गरिदिनहुन समेत आग्रह गरेका छन ।

सरसफाई कार्यक्रममा बेलौरी बजारका व्यापारी,स्थानिय समाज सेवि,शिक्षक,इलाका प्रहरी बेलौरी,शसत्र बल बेलौरी,बेलौरी नगरपालिका प्रतिनिधिहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष चन्दले जानकारी दिए।

जागौ युबा संस्थाको धनगढी बाहिर पहिलो कार्यक्रम पनि रहेको बताउनुभयो ।