निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेविसंघद्धारा महेन्द्रनगर बन्द र प्रदर्शन

निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेविसंघद्धारा महेन्द्रनगर बन्द र प्रदर्शन

गोकुल जोशी/महेन्द्रनगर, बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेपाली काग्रेसको भातृ सगठन नेविसंघ कञ्चनपुरले शनिवार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बन्द गराएको छ ।

आन्दोलनमा व्यापारीसगै सर्वसाधारण समेत स्वस्फूर्त रुपमा सहभागि भएका छन । बन्दका कारण महेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । शनिवार विहानैदेखि बजार, कलकारखाना बन्द छन भने राजमार्ग क्षेत्रमा प्रदर्शन भईरहेका कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन । 

जसका कारण यात्रु महेन्द्रनगरमा अलपत्र परेका छन । नेविसंघले महेन्द्रनगर र राजमार्ग क्षेत्रमा टायर बाल्दै प्रदर्शन गरिरहेका कारण सुरक्षा व्यवस्था कडा पारिनुका साथै बाक्लो सख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।