धनगढी।नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
कैलालीको धनगढीमा शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । नाउपाका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको पुष्टि गरे ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए ।
चौधरीको बर्खास्तीलाई नाउपाले मनपरी र लोकतान्त्रिक मूल्य माथिको अपमानको रूपमा लिएको छ । संघीय सरकारबाट पनि बाहिरिने नाउपाको तयारी छ ।