धनगढी । कैलालीमा खेतमा जमेको पानीको खाल्डोमा डुबेर १ बालकको मृत्यु भएको छ ।
आफ्नै घर नजिकै रहेको खेतमा जमेको पानीको खाल्डोमा डुबेर शनिबार दिउँसो बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका- १९ बस्ने सुरज चौधरीका ८ वर्षीय छोरा प्रिन्स चौधरी छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।