काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
नाउपाबाट अहिले सङ्घीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् । मन्त्री चौधरीले पनि भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने नाउपा निकट श्रोतले जानकारी दिएको छ ।
शुक्रबार सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्ना सांसदहरूको बेइज्जती भएको र सांसदको बेइज्जती पार्टीको हुने भन्दै पार्टीप्रति जनताको विश्वासको अवमूल्यन भएको आरोप लगाएकी थिइन् । उनले अब आफूहरू सदनमा दृढताका साथ प्रतिपक्षको भूमिकामा उभिने समेत बताएकी थिइन् ।