चेल्सी अमेरिकामा चलिरहेको क्लब विश्वकपको फाइनलमा

चेल्सी अमेरिकामा चलिरहेको क्लब विश्वकपको फाइनलमा

काठमाण्डौ। चेल्सी अमेरिकामा चलिरहेको क्लब विश्वकपको फाइनलमा पुगेको छ । ब्राजिलको फ्लुमिनेन्सेलाई २ गोलले हराउँदै इङ्ग्लिस क्लब चेल्सी उपाधि नजिक पुगेको हो ।चेल्सीका लागि दुवै गोल जोआओ पेड्रोले गरे ।

उनले खेलको १८ औं मिनेटमा र ५६औं मिनेटमा गोल गरे । अब उपाधिका लागि चेल्सीले आज हुने सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

आज राति रियल मड्रिड र पेरिस सेन्ट- जर्मेइन (पीएसजी) खेल्दैछन् । क्लब विश्वकपको फाइनल खेल यही जुलाई १४ तारिखमा हुनेछ ।