धनगढीमा पूर्वाधार व्यवस्थापन प्रणाली सुरु

धनगढीमा पूर्वाधार व्यवस्थापन प्रणाली सुरु

धनगढी : देशमै पहिलो धनगढी उपमहानगरपालिकामा पूर्वाधार व्यवस्थापन प्रणाली सुरु भएको छ । 
योङ ईनोभेसनको सहयोगमा तयार पारिएको पूर्वाधार व्यवस्थापन प्रणालीको शनिवार एक कार्यक्रममाविच प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको छ । 
प्रणालीले उपमहानगरपालिकामा सञ्चालन हुने योजनाहरुको विस्तृत जानकारी, गुणस्तर, योजनाको प्रभावकारीता, भौतिक र वित्तिय प्रगतीबारे मोवाईल एप्स मार्फत जानकारी लिन सकिने छ । 
यसले सुशासन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ भने प्रदेश सरकारले पनि सवै मन्त्रालय र स्थानीय तहमा पूर्वाधार व्यवस्थापन प्रणाली सुरु गर्ने जनाएको छ । 
यसले अव आईएमएस  पूर्वाधार व्यवस्थापन प्रणाली एप मार्फत मोवाईलबाटै उपमहानगरपालिकाले सञ्चालन गरेका योजनाको अवस्था, प्रभावकारीता, गुणस्तर, आर्थिक र भौतिक प्रगति विवरणबारे जानकारी लिन सकिने योङ ईनोभेसनका प्रतिनिधि विभुषण विष्टले जानकारी दिनुभयो । 
पूर्वाधार व्यवस्थापन प्रणालीको मोवाईल एप मार्फत योजनाको बारेमा जानकारी मात्रै पाईने छैन, त्यसैका माध्यमबाट गुनासो पनि राख्न सकिने छ । 
जसका कारण जनप्रतिनिधिलाई योजनाको अनुगमन मुल्याङकन र निरीक्षण गर्न सजह हुने धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताउनुभयो । 
सञ्चालित योजनाहरुको मोवाईल एपमार्फत जानकारी, अनुगमन र निरीक्ष गर्न सकिने भएकाले यसले सुशासन कायम गर्नमा सहयोग पुग्ने विश्वास लिईएको छ । 
यसको सहि व्यवस्थापन गर्दै थप विकसित गरि निरन्तरता दिन मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिनुभयो । 
देशमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले योङ ईनोभेसनको सहयोगमा तयार पारिएको पूर्वाधार व्यवस्थापन प्रणाली सुरु गरेपछि यसबारे प्रदेश सरकारले समेत चासो लिएको छ । 
सञ्चालन भएका योजनाको अनुगनम गर्नूका साथै सुशासन कायम गर्न प्रणालीले महत्वपूर्ण सहयोग पु¥याउने भएका कारण सवै स्थानीय तह र प्रदेशका मन्त्रालयमा पनि पूर्वाधार व्यवस्थापन प्रणालीको सुरुवात गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री पठानसिह बोहराको भनाई छ ।