टीकापुर घटनाको आरोपमा जेलमा रहेका चौधरी थाकस सभापतिमा सर्वसम्मत

टीकापुर घटनाको आरोपमा जेलमा रहेका चौधरी थाकस सभापतिमा सर्वसम्मत

कैलाली : थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मत चयन भएका छन् । 

धनगढीमा भएको आठौं अधिवेशनले चौधरीलाई पुनः सभापतिको जिम्मेवारी सुम्पेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि जेलमा छन् । २०७२ भदौ ७ गते टीकापुर घटना घटेको बेला चौधरीले धनढीमा थरुहट आन्दोलनको नेतृत्व गरेका थिए । 

घटना भएको दिन जिल्ला प्रशासन कार्यालय अगाडि उनको नेतृत्वमा आन्दोलन भएको थियो । आन्दोलनको नेतृत्व गरेकै कारण पक्राउ परेका चौधरी दुई वर्षदेखि जेलमा छन् । 

यसैगरी थाकसको सदस्यमा विनिता चौधरी, एन्जल चौधरी, सविता चौधरी, देशराम चौधरी, वीरबहादुर चौधरी, सीता चौधरी, सुन्दर चौधरी, खुशीराम चौधरी, माधव चौधरी र तारा चौधरी चयन भएका छन् ।
कार्य समिति पदाधिकारी सदस्यभित्रबाटै चयन गरिने माधव चौधरीले जानकारी दिए ।  

यसैगरी, अधिवेशनमार्फत गंगादेवी चौधरी, जनकराज चौधरी, केवालाल चौधरी, जगतराम चौधरी, प्रभातकुमार चौधरी, फोनीराम चौधरी, रामकुमारी चौधरी, पुरनप्रसाद चौधरी, सुशीला चौधरी  र कृष्णकुमार चौधरीलाई केन्द्रीय पार्षद चयन गरिएको छ । 
केन्द्रीय पार्षदा ३३ प्रतिशत महिला नपुगेको भन्दै महिला पार्षद्ले विरोध जनाएको जनाइएको छ ।