मोबाइलको ब्याट्री धेरै टिकाउन यस्तो गर्नुपर्छ

मोबाइलको ब्याट्री धेरै टिकाउन यस्तो गर्नुपर्छ

मोबाइलको ब्याट्री लाइफ समयसँगै कम हुँदै जान्छ । ब्याट्री पुरानो हुँदै जाँदा त्यसले चार्जलाई लामो समयसम्म टिकाइराख्ने क्षमता पनि गुमाइरहेको हुन्छ जसकारण फोनको ब्याट्री छिटै सकिन थाल्छ । यस्तोमा हामीले आइफोन वा एन्ड्रोइड, जुनसुकै फोनको ब्याट्री लामो समयसम्म टिकाइराख्न विभिन्न उपाय अपनाउन सक्छौँ । 

फोनको सफ्टवेयर अपडेट गरिरहने
सामसुङ, एप्पल लगायतका कम्पनीले नियमति नयाँ अपडेट ल्याइरहेका हुन्छन् । यस्तोमा धेरैपटक फोन अपडेट गरिरहनुपर्दा हामीलाई दिक्क पनि लाग्न सक्छ तर वास्तवमा अपडेटले हाम्रो फोनलाई राम्रो बनाइरहेको हुन्छ । किनकी सबैभन्दा नयाँ र कार्यदक्ष सफ्टवेयरले हाम्रो फोनलाई धेरै भन्दा धेरै ब्याट्री लाइफ दिन सक्छ भने मोबाइलको सुरक्षा सुनिश्चित गर्न समेत मद्दत पुर्याउँछ । यसरी फोनमा नयाँ अपडेट उपलब्ध भएकाबारे ‘सेटिङ’ मा गएर हेर्न मिल्छ । 

ad

ad

 

ब्याकग्राउन्ड एप सीमित गराउने

हामीले फोनको सेटिङमा जाँदा त्यहाँ ‘ब्याट्री युजेज’ भन्ने टुल हुन्छ । फोन अनुसार त्यसमा कुन एपले कति ब्याट्री खाइरहेको छ भन्ने ग्राफ देखाउँछ । धेरै एपहरु हामीले बन्द गरिसकेपछि पनि ब्याकग्राउन्डमा चलिरहेका हुन्छन् जसले फोनको ब्याट्री छिटै सिध्याउन सक्छ । यस्तोमा हामीले ती एपहरुको सङ्ख्या सीमित गराउन सक्छौँ र सबैभन्दा धेरै ब्याट्री प्रयोग गर्ने एपलाई हटाउँदा पनि राम्रो हुन्छ । 

स्क्रिनको ब्राइटनेस सधैँ कम राख्ने

फोनको स्क्रिनको ‘ब्राइटनेट’ पूरा राख्नुले ब्याट्री एकदमै चाँडो सकिन्छ । त्यसैले विशेषगरी थोरै प्रतिशत ब्याट्री हुँदा हामीले त्यसलाई टिकाइराख्न ब्राइटनेस सबैभन्दा न्युनमा राख्न सक्छौँ । त्यस्तै कम ब्याट्री भएका बेला भिडियो हेर्ने, गेम खेल्ने गर्नाले पनि ब्याट्रीको क्षमता कम हुँदै जान्छ । यसैगरी नोटिफिकेसन आउँदा फोनको लाइट बल्छ भने कम चार्ज भएको अवस्थामा सो फिचर अफ गर्न सकिन्छ । 

डिस्कनेक्ट

त्यस्तै अतिआवश्यक क्षणका लागि मोबाइलमा भएको थोरै ब्याट्री जोगाउनुछ भने ‘एरोप्लेन मोड’ मा राख्न सकिन्छ । यसले वाइफाइ लगायत सबै नेटवर्क बन्द गरिदिन्छ र चार्ज केही धेरै समय रहिरहनसक्छ । 
 

फोनको ब्याट्री सेभर प्रयोग गर्ने 

प्रायः सबै फोनमा ब्याट्री सेभर फिचर हुन्छ । यसले हाम्रो मोबाइलको ब्याट्री अनावश्यक खर्च हुनबाट जोगाउँछ ।