टन्टलापुर घाममा छाता ओढ्दै निर्मलाका लागि न्याय माग्दै धनगढीमा प्रदर्शन

टन्टलापुर घाममा छाता ओढ्दै निर्मलाका लागि न्याय माग्दै धनगढीमा प्रदर्शन

धनगढी : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै आइतवार धनगढीमा प्रदर्शन गरिएको छ । 

नागरिक स्वतन्त्र समाज धनगढी, सुदुरपश्चिम व्यूटिपार्लर एसोसिएसन, पब्लिक पावर ग्रुप लगायतले धनगढीमा प्रदर्शन गरेका हुन । 

उनीहरुले निर्मलाका हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फासी दे, बलात्कारपछि हत्या गर्नेलाई पत्ता लगाउन नसक्ने गृहमन्त्री राजीनामा दे, निर्मला तपाई भगवानको साथमा अपराधि राज्यको काखमा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन । 
निर्मलाको न्यायका लागि अधिकारकर्मी, नागरिक समाजका अगुवा लगायत सर्वसाधारण प्रदर्शनका सहभागि थिए । 

निर्मला न्याय नपाउदा सम्म दैनिक दिउसो ४ बजे प्रदेश ७ को प्रदेश सभा भवन नजिक पार्क मोडमा प्रदर्शन गर्ने जनाएका छन ।