‘जेसिज सप्ताह २०१८’ को दोस्रो दिन ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम

‘जेसिज सप्ताह २०१८’ को दोस्रो दिन ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम

धनगढी : धनगढी जेसिजले सुरु गरेको ‘जेसिज सप्ताह २०१८’ अन्तर्गत दोस्रो दिन आइतवार ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गरिएको छ ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक अनिल उप्रेती लगायत सरोकारवालाको उपस्थितिमा र ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गरिएको कार्यक्रम संयोजक जनार्दन बम्बले बताउनुभयो । शनिवारदेखी शुरु भएको सप्ताह कार्यक्रम एक सातासम्म चल्ने आयोजकले जनाएको छ । 

सप्ताह कार्यक्रमको शुभारम्भ धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले शनिवार एक कार्यक्रमकाविच उद्घाटन गर्नुभएको थियो । 

सप्ताह कार्यक्रमको शुभारम्भमा मेयर वडसंग उपमहानगरको बिकासका बारेमा अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । 

एक हप्तासम्म सञ्चालन हुने जेसिज सप्ताह अन्तर्गत अनाथ आश्रमलाई सहयोग, रक्तदान, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम रहेको धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष तथा कार्यक्रमका संयोजक श्याम पाठकले जानकारी दिनुभएको छ ।