चार लाख नगदसहित बझाङमा आठ जुवाडे रंगेहात पक्राउ

चार लाख नगदसहित बझाङमा आठ जुवाडे रंगेहात पक्राउ

बझाङ : जिल्ला प्रहरी कार्यलयले जुवा खेल्दै गरेको अवस्थामा आठजना जुवाडेलाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको माउन्टेन भ्यू होटेलबाट जुवा खेल्दै गरेको अवस्थामा आठ जुवाडे र होटल साहु गरी नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जुवा खेलबाट प्रहरीले ४ लाख २५ हजार ४ सय २० रुपैयाँ नगद बरामत गरेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताउनुभयो । 

प्रहरी पक्राउ परेका जुवाडेहरुमा मष्टा गाउँपालिका–५, का लालबहादुर बोहरा, वडा नम्बर ६ का शिवराज बोहरा, सोही गाउँपालिका ७ का मातसिंह बोहरा रहेका छन् । यस्तै जयपृथ्वी नगरपालिका ५ का कलकबहादुर सिंह, वडा नम्बर ३ का गणेश रोकाया, वडा नम्बर ११ का प्रकाश रोकाया पक्राउ परेको डीएसपी धिताले बताउनुभयो ।

प्रहरी प्रमुख धितालका अनुसार छविसपाथीभेरा गाउँपालिका ७ का तिलक धामी र सोही गाउँपालिका २ का विराट कठायत पनि पक्राउ परेको बताउनुभयो । 

प्रहरीले शनिबार राति विषेश सूचनाको आधारमा माउन्टेन भ्यू होटेलको २०४ नम्बर कोठाबाट जुवा खेली रहेका आठजनालाई पक्राउ गरेको हो ।

होटेल संचालक सुर्मा गाउँपालिका ४ घर भएका चक्रबहादुर बोहरालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

भदौको पहिलो सातदेखि सदरमुकाम चैनपुुरमा ठूलो रकमको जुवा तास हुन लागेको जनगुनासो आउन थालेपछि पहिले पटक जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक प्रविण धितालले जुवाडेहरुलाई प्रक्राउ गरेको बताउनुभयो ।