‘एक्सपर्ट मिस फारवेष्ट नेपाल २०१८’ को अडिसन सम्पन्न, आजदेखि उत्कृष्टलाई प्रशिक्षण

‘एक्सपर्ट मिस फारवेष्ट नेपाल २०१८’ को अडिसन सम्पन्न, आजदेखि उत्कृष्टलाई प्रशिक्षण

धनगढी : एक्सपर्ट मिस फारवेष्ट नेपाल २०१८’ को अडिसनबाट छनौट भएका उत्कृष्ट ३० जना प्रतिस्पर्धीलाई आजदेखि धनगढीमा प्रशिक्षण दिन थालिकएको छ । 

टीकापुर, धनगढी र महेन्द्रनगरबाट छनौट भएका प्रतिस्पर्धिलाई धनगढीमा १९ दिनको प्रशिक्षण दिन लागिएको हो । 

आइतवार धनगढीमा आयेजित पत्रकार सम्मेलनमा आयोजक रोयल कोल्याब्रेटिभ्स् प्रालिका कार्यक्रम सयोजक पवन बसुवाले असोज १ गतेदखि १९ गतेसम्म प्रशिक्षण दिइने बताउनुभयो । 

‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’ प्रतियोगितामा छनौट भएका उत्कृष्ट ३० जना प्रतिस्पर्धीलाई रष्ट्रिय स्तरका प्रशिक्षक जेनिशा मोक्तान र कोरियोग्राफर निलम चन्दले प्रशिक्षण दिनुहुनेछ । 

सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन, भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले रोयल कोल्याब्रेटिभ्स् प्रालि आयोजना गरेको मिस फारवेष्ट प्रतियोगिताले को ग्राण्ड फिनाले असोज २० गते धनगढीमा हुने प्रतियोगिताको मिडिया संयोजक देवेन्द्र जोशीले बताउनुभयो । 

‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’को विजेताले स्कुटर, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार पाउने छन । यस्तै, सर्वोकृष्ट लगायत विधिन्न विधाका विजेतालाई पनि पुरुस्कारको व्यवस्था गरिएको छ ।