अछाम : अछामका तीन वटा स्थानीय तहमा अझैँ पनि बैंक स्थापना हुन सकेको छैन । चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालीकामा बैंक स्थापना हुन सकेको छैन ।
अछामका १० स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा बैँक स्थापना भई सेवा सुरु गरिए पनि तीन वटा स्थानीयतहमा बैंकको स्थापना हुन नसकेको हो । १९ वर्ष पहिले चौरपार्टी गाउँपालिकामा वाणिज्य बैंक स्थापना भई सेवा दिन थाले पनि माओवादी द्धन्द्धका क्रममा उक्त वाणिज्य बैंक धोस्त भएको थियो । बैंक धोस्त भएको १९ वर्ष भईसक्दा समेत बैंक स्थापना हुन सकेको छैन ।
गाउँपालिकामा बैंक नहुँदा सानो कामका लागि पनि सदरमुकाम धाउनु परिरहेको गाउँपालिका अध्यक्षहर्क बहादुर साउँदले बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि आफूलाई बँैकिङ सेवामा सहज हुने आशा गरेका यहाँका नागरीकको समस्या भने पुरानै रहेको छ ।
जनप्रतिनिधि निर्वा्चित भएर आएको पनि १ वर्ष बित्यो, अझैंपनि स्थानीय तहमा बैँक स्थापना गर्न नसक्नु दुखद भएको कमलबजार नगरपालिका–८ का प्रेमबहादुर चलाउनेले बताउनुभयो ।
बैंक स्थापना हुन नसकेका यी तीन वटा स्थानीय तहका नागरिक बैंकिङ सेवाका लागि सदरमुकाम मँगलसेन धाउन बाध्य छन् ।