चारदिनपछि नेप्से ४ अंकले बढ्यो, नियमित कारोबार गर्ने लगानीकर्ता घट्दा २४ करोडको मात्र कारोबार

चारदिनपछि नेप्से ४ अंकले बढ्यो, नियमित कारोबार गर्ने लगानीकर्ता घट्दा २४ करोडको मात्र कारोबार

लगातार तीन कारोबार दिन घटेको शेयर बजार चौथो दिन बढेको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ४.८७ अङ्कले बढेर १२०८ अंकमा उक्लिएको छ।

गएको चार कारोबार दिनमा सूचक ११ अङ्कले घटेको थियो।तर बुधवार सूचक करिब पाँच अङ्कले सुधारिएको छ।

मंगलबार १ सय ६७ कम्पनीको आठ लाख ५० हजार कित्ता शेयर कारोबार भयो। २४ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

नियमित शेयर कारोबारमा लगानीकर्ताको सहभागिता न्यून भएको कारण सूचक बढेको भएपनि कारोबार रकम भने २४ करोड रुपैयाँमा खुम्चिएको हो।

मंगलबार  सबैभन्दाबढी एनआइसि एसिया बैंकको शेयर कारोबार भएको छ। उसको दुई करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार रकमकै आधारमा नेपाल बैंक दोस्रो भएको छ। उसको एक करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

मंगलबार कारोबारको सुरु देखिनै सूचक बढेको थियो। साढे एक बजे नौ अंक बढ्दै १२१२ अंक छोएको बजारको वृद्धि टिकाउ हुन सकेन। कारोबारको अन्तमा करिब पाँच अङ्कको वृद्धिमा बजार बन्द भएको हो। 

उपसूचक मिश्रित देखिएका छन्। ११ समूहको कारोबारमा दुई समूहको उपसूचक घटेका छन्। होटेल ०.४४ अङ्कले घटेको छ भने निर्जीवन बीमा समूहमा ०.२७ प्रतिशतको गिरावट देखिएको छ।

सबैभन्दा बढी जलविद्युत समूहमा ०.८९ प्रतिशतको वृद्धि देखिएको छ। सामूहिक लगानीकोषको उपसूचकमा भने कुनै हेरफेर भएन।