बाजुरा सदरमुकाम मार्तडीबाटै बस सेवा संचालन

बाजुरा सदरमुकाम मार्तडीबाटै बस सेवा संचालन

बाजुरा : निरन्तरको वर्षासंगै आएको पहिरोले सडक अवरुद्ध बनेपछि ताँप्रीसेराबाट चल्दै आएको बससेवा आइतबारबाट सदरमुकाम मार्तडीबाटै संचालन आएको छ ।

साँफेमार्तडी सडकखण्ड अन्तरगत बल्दे, दवारी, हरडे खोला, तिपाडा, पानीनाउला, थुवाकाँध, पावरहाउस, कोर्दिपानी र करालाको सडकमा खसेको पहिरो हटाएपछि आइतबारबाट बस सेवा सदरमुकाम मार्तडीबाटै संचालनमा आएका हुन् ।

सडकमा खसेको पहिरो हटाएपछि आइतबार विहान धनगढी, महेन्द्रनगर, नेपालगंज र काठमाण्डौंका बसहरु सदरमुकाम मार्तडीमा आएका आएका छन् । रात्री सेवाका लागि सदरमुकाम मार्तडीबाटै पहिलोदिन धनगढी, महेन्द्र नगर, नेपालगंजका लागि बसहरु पठाएको भेरी यातायातका बाजुरा ईन्चार्ज धुव्र रोकायाले बताउनुभयो । 
पहिरोका कारण साँफे मार्तडीसडक खण्ड अन्तरगत बार्जुगाढदेखि सदरमुकाम मार्तडीसम्मको २८ किलोमिटर सडक मध्ये बल्देदेखी हरडेखोला सम्मको ४ किलोमिटर सडकखण्डमा पहिरोले धेरै क्षेती पुगाएको थियो ।

सडक निर्माणको जिम्मा पाएको पियस कन्ट्रक्सन प्रालिले सो ठाउँमा अबरुद्ध भएको सडक मौसम सफा भएपछि डोजर लगाएर खुलाएपछि बससेवा सदरमुकाम मार्तडीबाटै संचालनमा आएको हो ।

दशै तिहार नजिकिएसंगै सडक संचालनमा नआँउदा यस अघि स्थानिय बजारमा दैनिक उपभोग्य सामानका हाहाकार भएको थियो भने ब्यापारीहरुले स्टोरमा राखीएको सामानको पनी मुल्य बढाएर बिक्री बितरण गर्दै आएका थिए ।