ढ्यापढ्यापे समयमा सांसदले भने, –गृह मन्त्रालयले काम गर्न सकेन, खारेज गरौ

ढ्यापढ्यापे समयमा सांसदले भने, –गृह मन्त्रालयले काम गर्न सकेन, खारेज गरौ

धनगढी : बलात्कार जस्ता जघन्य अपराधका घटना नियन्त्रणमा प्रदेश सरकारले चासो नदेखाएको भन्दै सत्ता पक्षकै सांसदले सरकारको आलोचना गरेका छन । 

सोमवार बसेको प्रदेश सभा बैठकको ढ्यापढ्यापे समयमा बोल्दै प्रतिपक्षसगै सत्तापक्षकै सांसदले सरकारको आलोचना गरेका हुन । 

उनीहरुले प्रदेशमा बलात्कारपछि हत्या, हिसा, जस्ता अपराधिक घटना बढीरहेपनि प्रदेश सरकार नियन्त्रण गर्न लाग्नुको साटो मुखदर्शक बनेको आरोप लगाए ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै सांसदले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका छन । 

सांसदले यो मन्त्रालयले बलात्कार, हत्या नियन्त्रणमा कुनै पनि काम नगरेको भन्दै यसलाई हटाउनुपर्ने धारणा राखेका छन् ।

सत्तारुढ दल नेकपाका सांसद रतन बहादुर थापाले प्रदेश सरकार जघन्य अपराधका घटनामा गम्भीर नभएको भन्दै आलोचना गर्नुभयो ।  

उहाले अपराधि पत्ता लगाउनुको साटो प्रहरी प्रशासन नै बलात्कार जस्ता जघन्य अपराधका घटनामा मिलापत्र गराउन लाग्ने गरेको भन्दै प्रहरी प्रशासनको औचित्यमनथि प्रश्न उठाउनुभयो । 

‘प्रहरी प्रशासन हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बलात्कार जस्ता जघन्य अपराधका घटना नियन्त्रणका लागि कुनै पहल गरेन ।’ उहाले प्रश्न गर्दै भन्नुभयो, ‘यसको के काम ? यसलाई हटाईदिऔ । छ मन्त्रालय मात्रै राखौ ।’

उहाले यसविषयमा सभामुखलाई समेत यस विषयमा यसअघि नै जानकार िगराईसकेको बताउनुभयो । 
प्रंमुख प्रतिपक्षी दल नेपाली काग्रेसले निर्मला हत्या प्रकरणमा सरकार गम्भीर नभएको भन्दै आलोचना गरेको छ । 

सरकार बलात्कारीलाई पत्ता लगाउनुको साटो निर्दोषलाई दुख दिन लागेको आरोप काग्रेसले लगाएको छ । 

विभिन्न समिति बन्नुदेखि प्रहरी प्रमुखले नै पिडित निर्मलाका आमाबुबालाई न्याय दिलाउने आश्वासन वाडेपनि पिडित परिवारले न्याय पाउन नसकेको भन्दै काग्रेस सांसद गोविन्द बोहराले आपत्ति जनाउनुभयो । 

उहाले सरकारले निर्मला प्रकरणबारे एक हप्तामा जानकारी नगराए संसद अवरुद्ध पार्ने चेतावनी समेत दिनुभयो ।