सुदुरपश्चिम प्रदेश कै पहिलो अत्याधुनिक अटो वर्कसप "टु स्टप" संचालनमा

सुदुरपश्चिम प्रदेश कै पहिलो अत्याधुनिक अटो वर्कसप "टु स्टप" संचालनमा

धनगढी । धनगढीमा स्थापना भएको अत्याधुनिक सुविधा सम्पन्न टु स्टप वर्कसप संचालनमा आएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले वर्कसपको एक कार्यक्रमका बीच आइतबार रिबन काटेर वर्कसपको उद्घाटन गरेका छन् ।
    निर्माण–उपकरण र जग्गासमेतमा गरी करिब १० करोड रुपैयाँको लगानीमा वर्कसप संचालनमा ल्याइएको टु स्टप अटो वर्कसप प्रालिका अध्यक्ष मोहित शाहले बताए । पाँच कठ्ठा जग्गामा फैलिएको वर्कसपको निर्माण र उपकरणमा चार करोड रुपैयाँ लगानी गरिएको अध्यक्ष शाहले जानकारी दिए ।


    वर्कसपमा दक्ष कारिगरबाट अत्याधुनिक उपकरणमार्फत् जुनसुकै कम्पनीका गाडी मर्मत र सर्भिसिङ गर्ने सुविधा रहेको प्रबन्ध निर्देशक अभियान खड्काले बताए । यस्तै आधुनिक प्रविधिबाट गाडीको डेन्टङ पेन्टिङ, कम्प्युटर प्रविधिबाट जाँच गर्ने सुविधा उपलब्ध रहेको उनले जानकारी दिए ।
     सुदूरपश्चिममा पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न वर्कसप स्थापना भएसँगै गाडी सर्भिसिङका लागि नजिकका भारतीय सहरहरुमा जानुपर्ने बाध्यता अन्त्य भएको संचालकको भनाइ छ । भारतको चण्डीगढ मोटर्स प्रालिको प्राविधिक सहयोगमा वर्कसप संचालनमा ल्याइएको हो ।


     उद्घाटनको अवसरमा एक हप्तासम्म गाडीको निशुल्क जाँच र सर्भिसिङमा ५० प्रतिशत छुटको व्यवस्था रहेको प्रबन्ध निर्देशक खड्काले जानकारी दिए । सुदूरपश्चिममा गाडीका सबै समस्या एकै ठाउँमा समाधान गर्ने गरी वर्क सप संचालनमा ल्याइएको उनले बताए ।
    सो अवसरमा प्रदेश मल्लले सुदूरपश्चिममा गाडीका समस्या समाधानको सुविधाले सहज हुने बताए । उनले वर्कसपको प्रगतिको कामना गर्दै प्रदेश प्रमुख मल्लले सुदूरपश्चिममा गाडी चढ्नेको संख्या बढेसँगै गाडीका समस्या समाधानको सुविधा यही हुनु खुशीको कुरा भएको बताए ।