निर्मला हत्या प्रकरण : एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा

निर्मला हत्या प्रकरण : एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा

धनगढी : प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ ।

पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो ।

महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको बताईएको छ । 

घटनाको गम्भिरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै चाँढै यर्थाथ विवरण सार्वजनिक हुने प्रहरी उच्च स्रोतको दावी छ ।