दुर्घटनामा एकको मृत्यु, पाच घाईते

दुर्घटनामा एकको मृत्यु, पाच घाईते

अत्तरीया : कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा सोमवार साझ ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । 

बुढीतोलाबाट अत्तरीयातर्फ आउदै गरेको से १ त ८९२२ नम्बरको ट्रयाक्टर दुर्घटना ट्रलिमा च्यापिएर गोदावरी नगरपालिका–२ तेघरीका २२ बर्षिय कविराज जोशीको मृत्यु भएको हो । 

ट्रलिमा बसेका जोशीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटना पछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।