विद्यालयलाई कम्प्युटर बितरण

विद्यालयलाई कम्प्युटर बितरण

कञ्चनपुर : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भीमदत्त नगरपालिकाले कम्प्युटर वितरण सुरु गरेको छ । आधारभूत तहका विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ केन्द्रित गर्ने उद्देश्यले कम्प्युटर वितरण सुरु गरेको हो ।

साेमबार नगरपालिकाको ११ नं. वडाका दुई विद्यालयलाई ५र५ थान कम्प्युटर वितरण गरिएको छ । २०७० मा बाढीले बगाएको महाकाली जनज्योति आधारभूत विद्यालय र सिद्धनाथ अमर उच्च माविलाई नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले वितरण गरेका हुन् । दुवै विद्यालयमा ४ लाख ४० हजार बराबरको कम्प्युटरसहितका सामग्री हस्तान्तरण गरिएको छ। 

‘नगर क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि हामी प्रयत्नशील रहेको नगर प्रमुख विष्टले बताउनुभयो । ‘दरबन्दी मिलान, भौतिक पूर्वाधार र अतिरिक्त क्रियाक्लापमा पनि जोड दिनेगरी काम गरिरहेका र नगर शिक्षा समितिमार्फत शैक्षिक गतिविधि सुधारका लागि आवश्यक पहल गर्न विद्यालयहरूको अनुगमन र निरीक्षण भइरहेको बताउनुभयो । 

नगरपालिकाले सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा पढाइका लागि सामग्री वितरण गर्ने योजना बनाएको नगर प्रमुख विष्टले बताउनुभयो । सामुदायिक विद्यालयमा पनि इमेल इन्टरनेटको प्रयोगसँगै प्रविधिमैत्री बनाउने योजना अन्तर्गत १९ वटै वडामा वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।