मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनगढी : मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ।  कैलालीको हसुलियाबाट धनगढी आउँदै गरेको से २ प ९६८७ नम्बरको मोटरसाइकल गोरुगाढासँग ठोक्किँदा कैलारी गाउँपालिका–४ केगाउँमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा धनगढी–७ का ४६ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको छ। दुर्घटना मंगलबार साँझ करिब पौने ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।