नेपाल आइडल बुद्ध लामा बेहोस, नर्भिक अस्पतालमा भर्ना

नेपाल आइडल बुद्ध लामा बेहोस, नर्भिक अस्पतालमा भर्ना

काठमाडौँ  : अहिले नेपाल आइडल सीजन २ चलिरहेको छ । उत्कृष्ट प्रतिस्पर्धीहरुबाट सर्वाेत्कृष्ट खोज्ने प्रयास जारी छ ।

सबैजना दोस्रो नेपाल आइडलको खोजीमा जुटेका बेला पहिलो नेपाल आइडल बनेका बुद्ध लामा भने एकाएक अस्पताल भर्ना भएका छन् ।

सोमबार बिहानैदेखि सामान्य ज्वरो आएपनि बुद्ध लामा आफ्नो नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल स्टुडियो पुगेका थिए । तर ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर गएका उनी आगँनमा पुगेलगत्तै बेहोस भएका हुन् ।

बेहोस भएर लडेका लामालाई तुरुन्तै नर्भिक अस्पताल लगियो । अहिले नर्भिक अस्पतालमा उनको  उपचार चलिरहेको छ । उनको रगतमा समस्या देखिएको नर्भिक अस्पताल श्रोतले जनाएको छ ।

चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । साभार : देश सञ्चार