धनगढी : नेपालको संविधान जारी भएको आज तिन वर्ष पूरा भएको छ ।
दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । तर संविधान जारी भएकै दिनदेखि यसको कार्यान्वयन पक्षका बारेमा अनेकौं आशंका गरिएको थियो ।
संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलले निर्धारण गरिएका काम पूरा हुन्छ कि हुँदैन भन्ने अन्यौल थियो ।
सविधान जारी भएको तिन वर्षमा तिनै तहका चुनाव भएर सरकार निर्माण भएपछि संविधान धरापमा परेर फेरि संवैधानिक र राजनीतिक संकट आउने संभावना ‘लगभग’ सकिएको छ ।
संविधान कार्यान्वयनका लागि तिन वर्षमा हुनुपर्ने जति काम सवै भएका छन । यस्तै, प्रदेश ७ मा पनि आज सविधान दिवस धुमधामका साथ मनाईदैछ ।
सविधान दिवस मनाउनका लागि प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा गठन गरिएको मूल समारोह समितिले धनगढीमा कार्यक्रम गर्दैछ ।
धनगढीको कवर्डहल विशेष कार्यक्रम गरिदैछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहितको यालीको आयोजना गरी कवर्डहल पुगेर मुख्य समारोह गरिने छ । आजै प्रदेश प्रमुखले चियापानको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
सविधान दिवसको अवसरमा हिजो साँझ दीपावली गरिएको थियो ।